मेलिनाको मायामा डा. मन्जिल श्रेष्ठ – भिडियो



रंगखबर, काठमाडौँ- नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्काे लाेकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गाेधुली । भर्खरै उनकाे शव्दमा चर्चित गायिका मेलिना राईले “परे परे मायामा ” भन्ने गीतमा स्वर भरेकी छिन् भने उनलाई बिराटनगर बासी डाक्टर मँजिल श्रेष्ठले साथ दिएका छन् । डा .मँजिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा निकाली सकेका छन् । गीतमा चर्चित सँगीतकार भिम बि .सी. काे सँगीत रहेकाे छ भने बाबू प्रधानले सँगीत सँयाेजन गरेका छन् । पाेखराकाे मनाेरम दृष्यमा छाँयाङ्कन गरिएकाे म्युजिक भिडियाे निकै आकर्शक बनेकाे छ। भिडियाेमा मदन घर्ती र सृजना जिसिकाे अभिनय देख्न सकिन्छ । भिडियाे निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाईकाे छायँकन रहेकाे छ । फराज अर्पणकाे कलर तथा सम्पादन रहेकाे भिडियाेमा बिक्रम तामाङकाे ब्यबस्थापन छ भने पुर्णीमा श्रेष्ठले कलाकारहरु लाई राम्राे बनाउने काम गरेकी छिन्। गीतलाई ओ .यस. आर .डिजिटलले बजारमा ल्याएकाे छ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्