‘प्रेमगीत ३’मा भित्रिए मनिष राउत



रंगखबर, काठमाडौँ – छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गर्न लागेको फिल्म ‘प्रेमगीत ३’ अहिले चर्चामा छ । फिल्मको लागि टिमले जारी गरेको अभिनेत्री छनोट चरणले पनि ‘प्रेमगीत ३’को चर्चा आकासिएको हो ।

केहि दिनमा फिल्मको मुख्य पात्र ‘गीत’ सार्वजनिक गर्ने योजनामा रहेको टिमले सबैलाई आश्चर्यचकित पार्दै मुख्य अभिनेता सार्वजनिक गरिदिएको छ । अस्कर इन्टरनेशनल कलेजमा अध्ययनरत छात्र मनिष राउत आसुसेन फिल्मस प्रोडक्सनको ‘प्रेमगीत ३’को लागि छनोट भएका हुन् ।

निर्माण पक्षले सार्वजनिक गरेको तीन क्यारेक्टर पोस्टरमा मनिषलाई योद्दाको भूमिकामा अनुमान लगाउन सकिन्छ । उनि बन्दूक र बन्चरोको सहारामा छन् । तर, उनको भूमिका बारे खुलाइएको छैन । फिचर फिल्ममा डेब्यु गर्न लागेका मनिषले यसअघि दर्जन बढी लघुफिल्ममा अभिनय देखाइसकेका छन् ।

अब फिल्मको लिड हिरोइन फाइनल हुने बाँकी छ । केहि दिनमै २७ सय बढीबाट टप २५ मा पुगेका युवतीलाई टप ६ मा सार्वजनिक गर्ने निर्माण पक्षले बताएको थियो । फिल्ममा प्रदीप खड्का फाइनल भए पनि निर्माण पक्षले आधाकारिक सुचना बाहिर ल्याएको छैन ।

२ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई सन्तोष सेन र विजय चाम्लिङले मिलेर निर्माण गर्दैछन् । छेतेन गुरुङ र मन्दिप गौतमले लेखेको फिल्म अहिलेसम्मकै भिन्न बन्ने सन्तोषले बताएका छन् । यसपाली पहिलो र दोश्रो संस्करण भन्दा निक्कै ठुलो स्केलमा फिल्म निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने विश्वास निर्माण पक्षले लिएका छन् ।

फिल्मलाई आगामी नयाँ वर्षको अवसर पारेर चैत २८ रिलिज गर्ने घोषणा भैसकेको छ

SONY DSC

प्रतिक्रिया दिनुहोस्