नम्रताको ३३ औँ जन्मदिन (फोटोफिचर)



रंगखबर, काठमाडौँ – अभिनय क्षमताकी धनि अभिनेत्री नम्रता श्रेष्ठले ३३ औँ बसन्तमा पाइला टेकेकी छन् । उनको जन्मदिनमा आगामी फिल्म ‘जाइरा’को पोस्टर सार्वजनिक गर्दै केक काटियो ।

‘जाइरा’मा नम्रताले शिर्ष भूमिका निर्वाह गरेकी छन् । यसमा उनको लगानीसमेत छ । त्यसैले जन्मदिनको अवसरमा ‘जाइरा’को प्रमोसन गर्न पछि हटिनन् । उनले सेलेब्रेसनमा ‘जाइरा’को बारेमा मिडिया माँझ जानकारी बाँडीन ।

सबै जस्तो पात्रमा डुबेर अभिनय गर्ने नम्रताले जबसम्म कलाकारले शतप्रतिशत काम दिन सक्दैन, तबसम्म दर्शकलाई उसले चिट गरिरहने तर्क व्यक्त गरिन ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रतासँगै अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर पनि अभिनय छ ।

भदौ ६ गते रिलिज हुने फिल्ममा कल्याण सिंह/डिजे राजु/टम्ब्लीविडले संगीत, सम्राट बस्नेतले द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

तस्विर: आर्यन विमली 

प्रतिक्रिया दिनुहोस्