आस्था र राजु ‘द भ्वाईस अफ नेपाल – २’मा



रंगखबर, काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको लागि नयाँ कोच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित प्रेसमिटमा दुई जना नयाँ कोचलाई मिडिया सामु चिनाइयो ।

यसपटकको सिजनमा वरिष्ठ गायक दीप श्रेष्ठ र प्रमोद खरेल यथावत रहनेछन । भने, सनुप पौडेल र अभया सुब्बा आउट भएका छन् । उनिहरुको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई इन गरिएको छ ।

June 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

मँगोलियन हार्टको रुपमा परिचित राजु केहि समयदेखि अमेरिकामा बस्दै आइरहेका छन् । ४० वर्ष उमेरका उनि यस कार्यक्रमको लागि नेपाल आएका छन् । २५ औँ वर्षको सांगीतिक यात्रा पार गरिसकेका लामाले गीतिसँग्रह ‘सोलुसन’बाट गायनको थालनी गरेका थिए । दोश्रो गीतिसँग्रह ‘तिमीलाई देखेर हिमाल हाँसेको‘ले लामामा लोकप्रिय मात्र बनाएन, उनलाई स्थापित नै बनाइदियो । उनले व्याण्डसँग मिलेर १० भन्दा बढी गीतिसंग्रह श्रोता माझ ल्याइसकेका छन् ।

त्यस्तै आस्था राउत विगत एक दशकदेखि सांगीतिक दुनियाँमा भिजिरहेकी छन् । संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् । उनले एक दशक अघि ‘सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी थिइन् । साँगीतिक यात्राको क्रममा उनको फिल्म ‘मायाज बार’मा समावेश ‘माया यो माया‘ ढुवानी फिल्मको ‘छलक छलक’ लगायतका गीत अत्याधिक सफल छन् । पप गायन तर्फ आस्थाका ‘चौबन्दीमा पटुकी‘, ‘झुम्के बुलाकी‘गीत हिट छन् ।

भ्वाईसको टाइटल स्पोन्सरको रुपमा युनाइटेड सिमेन्टले हात बढाएको छ । लक्ष्मण पौडेलले निर्देशन गर्ने शो यसपटक हिमालयन एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ । साउन पहिलो सातादेखि प्रशारण हुने शोमा झन्डै २३ हजार प्रतिभाले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । जसबाट ब्लाइन्ड अडिसनको लागि सय भन्दा बढी प्रतिभा छनोट भएको आयोजकले बताइएको छ । शोको ब्लाइन्ड अडिसन आगामी बुधबारबाट छायाँकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्