बलिउड फिटनेस: उमेर ढल्कियो, ढल्किएन जवानी



रंगखबर, काठमाडौँ – बलिउडमा केहि यस्ता सुपरस्टार छन् । जसको सुन्दरतामा बढ्दो उमेरले असर गरेको छैन । दिन प्रतिदिन सुन्दरतामा निखार ल्याउदै गरेका यस्ता कलाकार दर्शकको मन मस्तिस्कमा बस्दै गैरहेका छन् । जो फिटनेसमा निक्कै ध्यान दिन्छन:-

‘उमेर छिचोलेका’ सलमान खान

सलमान खानको पहिलो फिल्म ‘बीबी हो ते ऐसी’ हो । पहिलो फिल्ममा छाती भरि रौँ भएका स्लिम सलमानलाई दर्शकले देखेका थिए । अहिले ‘भारत’सँग दाँज्दा आकाश-पातालको फरक पाउछौँ ।

पछिल्ला फिल्ममा उनको सुगठित शरीरले सबैको ध्यान केन्द्रित गरिरहेको हुन्छ । ‘मेइने म्यार किया’ हुँदै ‘तेरे नाम’ र ‘सुल्तान’सम्म आइपुग्दा सलमानको सुन्दरता र फिटनेसमा परिपक्कता आएको छ । ५३ वर्षका यी बलिउड ‘हंक’को व्यक्तिवले जो-कोहिको नजर खिच्ने गर्छ ।

‘पूर्णतावादी’ आमिर खान

‘कयामत से कयामत तक’बाट डेब्यु गरेका आमिर खानलाई बहुमुखी अभिनयको खानिको रुपमा चिनिन्छ । विशेषत: आफ्नो तन्दुरुस्त शरीरको कारण पनि आमिरलाई पूर्णतावादी अभिनेताको रुपमा लिइन्छ ।

उनले फिल्म ‘गजिनी’मा देखाएको ८ प्याक एब्सदेखि ‘दंगल’को मोटो शरीरमा आफुलाई मज्जाले ढालेका थिए ।

‘हृदयको राजा’ शाहरुख खान

फिल्म ‘ओम शान्ती ओम’मा असाधारण आकारमा शरीर प्रस्तुत गरेका शाहरुखलाई हृदयको राजा (किङ अफ हर्ट्स)को नामले पनि चिन्ने गरिन्छ । बलिउड सबैभन्दा रोमान्टिक अभिनेताको छवि बनाएका शाहरुखले फिल्म ‘ह्याप्पी न्यु ईयर’मा प्रस्तुत गरेको शारीरिक सुन्दरताबाट थुप्रै महिला फ्यान कमाएका थिए ।

डेब्यु फिल्म ‘दीवाना’मा उनि आकर्षक, चमकदार र प्यारो देखिएका थिए ।

‘चमकदार सैफ’ अलि खान

बलिउडमा सबैभन्दा शारीरिक सुन्दरता भएका अभिनेताको रुपमा सैफ अलि खानलाई लिइन्छ । उनि आफ्नो सुगठित शरीरको कारण युवतीको दिवाना बनिरहन्छन । हामी उनलाई क्लिन सेभ र लामो कपालमा प्रस्तुत फिल्म ‘दिल चाह्ता हे’ र ‘सलाम नमस्ते’ भुल्न सक्दैनौँ ।

‘सदाबहार रुप’ अनिल कपूर

यी अभिनेताको रुप उमेर ढल्किदै गर्दा पनि बुढाप्पन परिवर्तन भएको छैन । त्यसैलेले अहिलेको युवाहरु उनलाई प्रेरणाको श्रोत मान्छन । डेब्यु फिल्म ‘राम लखन’देखि ‘एक लड्कीको देखा तो ऐसा लगा’सम्म आइपुग्दा पनि उनि ६० वर्ष उमेरको देखिदैनन् ।

‘आइकोनिक क्विन’ करीना कपूर खान

डेब्यु फिल्म ‘रिफ्युजी’ हुँदै ‘वीरे दि वेडिङ’सम्म आइपुग्दा करीनाको सुन्दरतामा कुनै कमि आएको छैन । फिल्म ‘कभी खुसि कभी गम’मा निर्वाह गरेको ‘पूह’ भूमिकाले उनलाई स्टाइलिस डिभा’को रुपमा उभ्यायो ।

बलिउडको जिरो फिगर ‘बेबो’को सुन्दरतामा विवाह पश्चात पनि कुनै कमि आएको छैन । फिटनेसमा निक्कै ध्यान दिने यी डिभालाई आगामी दुई ठुला फिल्ममा देख्न पाइनेछ ।

‘फिटनेस डिभा’ सोनाक्षी सिन्हा

सोनक्षीले बलिउड डेब्यु गर्नु भन्दा पहिले ३० किलो तौल घटाएकी थिइन् । अहिले पनि उनि ७० किलो छिन् । तर, पनि पर्दामा जहिले ‘हट एण्ड सेक्सी’ देखिन्छिन । सोनक्षीलाई उनका फ्यान ‘फिटनेस बेबी’को रुपमा चिन्छन ।

‘अग्लो कदकी सुन्दरी’ दीपिका पादुकोण

‘ओम शान्ती ओम’बाट बलिउडमा ब्लकबस्टर डेब्यु गरेकी दीपिका पादुकोणले आफ्नो क्षेत्रफल हलिउडसम्म फिजाएकी छन् । उनको सुन्दरतामा मोहित नहुने सायदै कोहि होलान् ।

प्रतिक्रिया दिनुहोस्