‘सानो मन’को शिर्ष गीत गाउँदा यस्तो अवसर !



रंगखबर, काठमाडौँ – असार २७ देखि अलनेपाल प्रदर्शनमा आउने फिल्म ‘सानो मन’ले नव-प्रतिभाको निमित्त भन्दै भिडियो कन्टेस्ट घोषणा गरेको छ ।

आयुषमान देशराज जोशी र शिल्पा मास्के अभिनित फिल्मले यसअघि असार २० मा आउने तयारी गरिरहेको थियो । तर, प्राविधिक काम नसकिएको भन्दै निर्माण पक्षले १ साता पछाडी रिलिज धकेल्यो ।

रिलिजको लागि १ साता समय थपिएको अवसरमा टिमले कन्टेस्ट घोषणा गरेको हो । सुयोग गुरुङ निर्देशित फिल्मको शिर्ष गीत गाएर इच्छुकले कन्टेस्टमा सहभागिता जनाउन सक्नेछन् । शिर्ष गीत गाएर भिडियो मार्फत यो कन्टेस्टमा भाग लिनु पर्नेछ ।

कन्टेस्टमा उत्कृष्ट प्रतिभाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउनेछन् । रोहितजोनले छानेको उत्कृष्ट सहभागीको गीतको भिडियोलाई ‘सानो मन’ टिमले निर्माण गर्नेछ ।

फिल्मको शिर्ष गीतमा सुयोग सोताङको संगीत, स्वप्निल शर्माको शब्द र गायक रोहितजोनको स्वर छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्मित फिल्ममा आयुषमान र शिल्पासँगै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेको फिल्ममा निर्देशक गुरुङ र मिलन श्रेष्ठको सम्पादन छ ।

https://youtu.be/IViF_GvPZz8

प्रतिक्रिया दिनुहोस्