छविराजविरुद्द शिल्पाले दिइन घरेलु हिँसाको उजुरी



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिँसाको आरोपमा पति तथा फिल्म निर्माता छविराज ओझाविरुद्द उजुरी दिएकी छन् ।

उनले शान्ति सुरक्षा पाउँ भनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको श्रोतले बताइएको छ । प्रशासनले उक्त उजुरीको छानविनको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्र पठाएको छ । र आवश्यक कारबाही गर्न आदेश दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले छलफलको लागि दुवै पक्षलाई बोलाएको बताएका छन् ।

२०७३ सालमा गोप्य विवाह गरेका छविराज र शिल्पाको पछिल्लो समय खटपट चलिरहेको थियो । डेढ वर्ष अगाडी अभिनेत्री रेखा थापाले उनिहरुको गोप्य विवाहको खुलासा गरिदिएकी थिइन् । त्यसपश्चात पनि छवि र शिल्पाको सम्बन्ध डिभोर्स हुने लागेको खबर पनि बाहिरिएका थिए ।

यसपटकको घरझगडामा छविको कुटाईबाट शिल्पाको कानको जाली फुटेको समाचार पनि बाहिरिएका छन् । झगडा परेको समयमा शिल्पा निर्देशक सम्झना उप्रेती रौनियारको घरमा बस्ने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्