दीपाश्रीको भट्टीमा ‘आज नगद भोलि उधारो’ (भिडियो)



रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुकुटी साँधन साउनी’ बोलको गीतमा ब्लकबस्टर सिरिज ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले ठुम्का लगाएकी छन् ।

भव्य सेटमा छायाँकन गरिएको गीतले नसाको मूड झल्काउँछ । बसन्त सापकोटाको संगीत रहेको गीतमा मीना निरौला र प्रल्हाद तिमिल्सिनाको स्वर छ । एकनारायण भण्डारीको शब्द सृजना रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गीतमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरि पौडेल र नव-कलाकार अखिलेष प्रधानलगायतका कलाकारलाई पनि फिचरिङ गरिएको छ ।

विकाशराज आचार्य निर्देशित फिल्म भदै ६ गते रिलिज हुँदैछ । फिल्ममा प्रियंका कार्की, संचिता लुइँटेल, सलोन बस्नेत, अनुभव रेग्मी जस्ता कलाकारको पनि अभिनय छ ।

बिशाल चाम्लिङको कथा तथा निर्माण गरेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सिनाको पटकथा/संवाद छ ।

प्रतिक्रिया दिनुहोस्