टिजर: दशैँमा ऋतिक भर्सेस टाइगरको ‘वार’ पक्का



रंगखबर, काठमाडौँ – बलिउडका एक्सन स्टार ऋतिक रोशन र टाइगर श्रोफले स्क्रिन साझेदारी गरेको पहिलो फिल्म ‘वार’को टिजर रिलिज गरिएको छ ।

सार्वजनिक ५३ सेकेण्ड लामो टिजरमा अभिनेत्री वाणी कपूरलाई पनि अटाइएको छ । सम्भवत: फिल्मले वाणी प्राप्तिको युद्धको कथा भन्नेछ । ऋतिक र टाइगर विचको भयानक युद्ध टिजरले सङ्केत गर्छ ।

एक्सन र नृत्यमा पोख्त दुई ह्यान्डसम हिरो विच पछिल्लो समय तुलना गरिन थालिएको थियो । ऋतिक भर्सेस टाइगर भनिएको ‘वार’ रोमाञ्चक हुने आशा गर्न सकिन्छ ।

यसराज व्यानरको फिल्म दशैँको छेकोमा असोज १५ गते बुधबारै रिलिज हुँदैछ । फिल्मलाई आनन्द सिद्धार्थले निर्देशन गरेका हुन् । दशैँको छेकोमा नेपाली दुई प्रतिक्षित फिल्म ‘रातो टिका निधारमा’ र ‘छ माया छप्पकै’ पनि रिलिज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्