सौगातको कारण मंसीरमा पुगे आर्यन



रंगखबर, काठमाडौँ – आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’ कार्तिक २९ मा रिलिज हुने चर्चा थियो । तर, फिल्म एक साता पछाडी धकेलिदै मंसीर ६ मा पुगेको छ ।

वितरक कम्पनि एफडीसँगको सम्झौतामा निर्देशक साम्तेन भुटियाले मंसीर ६ रिलिज डेट फिक्स गरेका हुन् । यसको प्रमुख कारण सौगात मल्ल स्टारर ‘माछा माछा’लाई मान्न सकिन्छ । ‘माछा माछा’ले केहि दिन अगाडी मात्रै कार्तिक २९ लाई रिलिज तोकेको थियो ।

फिल्ममा पहिलो पटक आर्यन र ‘लालपुर्जा’ डेब्यु गर्ल मिरुना मगरले स्क्रिन शेयर गरेका छन् । यी दुईका अलावा फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्लको पनि प्रमुख भूमिका छ ।

यसअघि हार्डकोर सतहका ‘तान्द्रो’, ‘साढे सात’, ‘लेटर’ र ‘अनागत’ निर्देशन गरेका निर्देशक भुटियाले यसपटक बजार केन्द्रित फिल्ममा हात हालेका छन् । पछिल्लो समयमा नेपालमा कमेडी बिकाउ जनरा हो ।

प्रतिक्रिया दिनुहोस्