पुष्प बिना बाच्नै नसक्ने साम्राज्ञी (भिडियो)



रंगखबर, काठमाडौँ – नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बर ‘सक्दिन म बाच्न’मा कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काले रोमान्स गरेका छन् ।

पुष्प र साम्राज्ञीले ‘मारुनी’ मार्फत पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । गीतमा दुई केमेस्ट्री मज्जैले सुहाएको छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द, अर्जुन पोखरेलको संगीत र मेलिना राईको स्वर छ । भने, कोरियोग्राफीको पाटो विक्रम लामा र एन्जिला खत्रीले निभाएका छन् ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा  रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीको पनि अभिनय छ । पुनम गौतमले निर्माण गरेको फिल्म भदौ १३ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्