१५ दिन पछाडी सर्यो प्रभासको ‘साहो’



रंगखबर, काठमाडौँ – दक्षिण भारतको बहुप्रतिक्षित फिल्म ‘साहो’को रिलिज पोस्टपोन्ड गरिएको छ । एक्सन सिनको काम नसकिएको भन्दै निर्माण पक्षले अगस्त ३० मा रिलिज सारेको छ ।

अगस्त १५ मा रिलिज हुँदा प्रभास स्टारर फिल्मले बलिउडको ‘मिसन मंगल’ र ‘बटला हाउस’सँग प्रतिस्पर्धा गर्नु पर्ने थियो । त्यसैमा तलेगु फिल्म  ‘रानारंगम’ र ‘इवारु’ रिलिज हुँदैछन् । अब वर्षकै ठुलो भिडन्त टरेको छ ।

‘हामि दर्शकलाई उत्कृष्ट दिन चाहन्छौँ । एक्सन सिनलाई उत्कृष्ट बनाउन केहि समय चाहिएको छ । त्यसैले स्वतन्त्रता दिवसको दिनबाट रिलिज सारेका छौँ । तर हामि स्वतन्त्रता र देशभक्ति महिनामै ‘साहो’ रिलिज गर्नेछौँ । हामि यो सालको सबै भन्दा ठुलो फिल्मलाई उचाईमा लिन चाहन्छौँ । स्मरण रहोस, यो भन्दा पहिले पनि ‘साहो’को रिलिज डेट हेरफेर गरिएको थियो ।’ निर्माताले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

 

फिल्म प्रभाससँगै द्धा कपूर, मन्दिरा बेदी, नील नितिन मुकेशलगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्