सरौतो टिजर: बदलाको कथामा सुमीको एक्सन अवतार



रंगखबर, काठमाडौँ – छायाँकार हरि हुमागाईंको निर्देशकीय डेब्यु फिल्म ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ । ५१ मिनेट लामो टिजरमा अभिनेत्री सुमी मोक्तानको एक्सन रुप प्रस्तुत गरिएको छ ।

महिला केन्द्रित फिल्मले रिभेन्जको कथा भन्छ । फिल्ममा सुमीले साइलेन्स किलर महिलाको भूमिका निर्वाह गरेकी छन् ।

कार्तिक २२ गते रिलिज हुने फिल्ममा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको पनि अभिनय छ ।

विर्जना इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा सिर्जना जोशीको कार्यकारी निर्माण छ ।

https://youtu.be/RlSkHgKf9C8

प्रतिक्रिया दिनुहोस्