‘कबड्डी ३’को गीतलाई चोरीको आरोप, संगीतकार भन्छन ‘पहिले सुनकै थिइन’



रंगखबर, काठमाडौँ – सोमबार रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’मा कपिको आरोप लागेको छ । संगीतकार आलोकश्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’सँग उक्त गीतको मुटु मानिने हूक मिलेपछि आपत्ति जनाएका छन् ।

संगीतकार एसडी योगीले तयार गरेको ‘डुब्यो फुल्यो’ आलोकश्रीको गीतसँग मेल खान्छ । यसलाई आलोकले हुबहु कपि भनेका छन् । र, गीतको श्रेयस्वरुप संगीतकारको नाममा आफ्नो पनि नाम समेटिनु पर्ने र हक पनि लागु हुनुपर्ने माग राखेका छन् । मंगलबार बेलुका बैठकको लागि ‘कबड्डी ३’ निर्माण टिमले बोलाएकोसमेत बताए ।

उता संगीतकार योगीले ‘कहिले फोटो सिरानीमा’ बोलको गीत यसअघि कहिले नसुनेको र कपि गर्ने ध्येय नरहेको बताएका छन् ।

रिकेश गुरुङको एरेन्ज रहेको ‘दुबो फुल्यो’मा हेमन्त राना र ऋतिका श्रेष्ठले स्वर दिएका छन् । भने, ‘कहिले फोटो सिरानीमा’ कालीप्रसाद बाँस्कोटा र शर्मिला वर्देवाले गाएका छन् ।

दुबो फुल्यो गीत:-

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङलगायतको मुख्य भूमिका छ । फिल्म भदौ १३ मा रिलिज हुँदैछ ।

कहिले फोटो सिरानीमा गीत:-

प्रतिक्रिया दिनुहोस्