बैना बट्टाको पहिलो गित “तिमी सँग” सार्वजनिक -भिडियो



रंगखबर,काठमाडौँ : फिल्म बैना बट्टाको “तिमी सँग” बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।

मुख्य निर्माता प्रेम लावती रहेको फिल्ममा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सह-निर्माता रहेका छन् । कमल राईको नृत्य निर्देशन रहेको फिल्ममा छायाँकन तथा सम्पादन देबजँग थापाको रहेको छ।

देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको रहेको फिल्म असोजको पहिलो हप्ताबाट प्रदर्शनमा आउँदै छ।

राज चाम्लिङको कथा निर्देशन रहेको फिल्म सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो कोशेली हो।

प्रतिक्रिया दिनुहोस्