रंगखबर, काठमाडौँ – अनुपविक्रम शाही स्टारर फिल्म ‘पासवर्ड’को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । सम्राट बस्नेत निर्देशित फिल्मको पोस्टरमा अभिनेता अनुपविक्रम शाहीदेखि बलिउड अभिनेत्री सन्नी लिओनीसम्मलाई प्रस्तुत गरिएको छ ।
सन्नी फिचरिङ एक आइटम गीत टिमले यसअघि नै सार्वजनिक गरिसकेको थियो । फिल्ममा सन्नीको केहि संवादसहितको दृश्य पनि रहेको निर्माण पक्षले बताइएको छ । पोस्टरमा अभिनेता तथा निर्माता विक्की जोशीलाई पनि प्रथामिकता दिइएको छ ।
एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको फिल्ममा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।
रल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अंकित गौतम हुन् । भदौ २७ गते रिलिज हुने फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा छन् ।