प्रकृतिसँग भिजेको सुशील र रुबिनाको केमेस्ट्री (भिडियो)



रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक नम्बरमा सुशील र रुबिना थापा फिचरिङ छन् ।

अर्जुन पोखरेल शब्द तथा संगीत रहेको गीतलाई मनाङको पोंकर ताल परिसरमा खिचिएको छ । यो परिसरमा नेपाली फिल्म पहिलो पटक खिचिएको हो । त्यहाँको सुन्दरतालाई संजय लामाले गीतको तालमा कलात्मक तरिकाले खिचेका छन् । गीतमा सुशील र रुबिनाको केमेस्ट्री गज्जब सुहाएको छ ।

सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी भरेका छन् । ‘भिजिट नेपाल २०२०’ प्रकृति प्रेमीको लागि गीतले प्रचारमा भूमिका खेल्नेछ । भिडियोको सुरुवातमै टिमले पर्यटकलाई पोंकर घुम्न निम्तो पनि दिएका छन् ।

सौरभ चौधरी निर्देशित फिल्ममा शुशिल र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । असोज ३ गते रिलिज हुने फिल्मको निर्माण विनोद सापकोटाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्