‘रे’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – साउन २४ गेट रिलिज हुने फिल्म ‘रे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कलाकार दिवश धिताल, सुजाता थापा र सुनिल थापा बीचको द्वन्दलाई प्रस्तुत गरिएको छ ।

काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्रा मछेन्द्र नारायण, इन्द्र र बिस्केट जात्रा वरिपरि घुम्ने बताइएको फिल्मलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् ।

एक्सन लभस्टोरी फिल्ममा पुर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाईलगायतको पनि अभिनय छ । सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्ममा राजेन्द्र त्रिपाठीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्