अशिनले ‘आधा सुर’ बनाउने



रंगखबर, काठमाडौँ – अशिन पौडेलको डेब्यु निर्देशनमा फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा प्रेसमिट गरि फिल्मको कास्ट एण्ड क्रिउ सार्वजनिक गरियो ।

सपनासँग जोडिएको जिन्दगीको कथामा निर्माण हुने फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीले अभिनय गर्नेछन् । निर्देशक पौडेलको अनुसार फिल्मको लागि एक लिड अभिनेत्रीको खोजी भैरहेको छ । फिल्मबाट मोहन जैशीले डेब्यु गर्दैछन् ।

भदौ दोस्रो सातादेखि काठमाडौँ र पोखरामा खिचिने फिल्मको कथा सौरभ कार्कीले तयार गरेका हुन् । विष्णु घिमिरेले फिल्म खिच्नेछन् ।

क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्