यसै वर्ष विवाह गर्दै सुस्मिता, १५ वर्ष कान्छा छन प्रेमी



रंगखबर, काठमाडौँ – भारतकी पहिलो ‘मिस युनिभर्स वर्ल्ड’ तथा बलिउड अभिनेत्री सुस्मिता सेनले अब छिट्टै विवाह गर्ने भएकी छन् । ४३ वर्षीय सेन मोडल रोहमन शलसँग प्रेममा छिन् ।

भारतीय मिडियाले बताए अनुसार यी दुईले सम्भवत: यसै वर्षको नोभेम्बरमा विवाह गर्नेछन् । यदि नोभेम्बरमा विवाह सम्भव नभए सालको अन्त्यसम्म बन्धनमा बाँधिन लागेका छन् ।

सुस्मितालाई विवाहको प्रस्ताव रोहमनले नै राखेका थिए । र, यसमा सुस्मिताले खुसि साथ सहमति जनाइसकेकी छन् । रोचक कुरा त के छ, भने रोहमन भन्दा सुस्मिता १५ वर्ष जेठी छन् । रोहमन भर्खर २८ वर्षका भए । सुस्मिता दुई बच्चाको आमा पनि हुन् । तर, उनले ती बच्चा एडप्ट गरेकी हुन् ।

सन् २०१० मा रिलिज भएको फिल्म ‘नो प्रोब्लम’ पश्चात सुस्मिता ठुलो पर्दाबाट टाढा छिन् । उक्त फिल्मको असफलता पश्चात सुस्मिताले बलिउडमा फर्कने जमर्को गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्