करणको घरमा दीपिकादेखि साहिदसम्म ड्रग्समा मस्त ! (भिडियो)



रंगखबर, काठमाडौँ – बलिउडकर्मीको लागि निर्देशक करण जोहरले आयोजना गर्ने पार्टी विशेष रहन्छ । बलिउड नयाँदेखि पुराना कलाकारले करणले आयोजना गरेको पार्टी छुटाउन चाहदैनन् । त्यसैले करणको घरमा आयोजना हुने पार्टी जहिले पनि चर्चामा आउँछ ।

 

अहिले करणले दिएको पार्टीको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । जहाँ, बलिउड चर्चित कलाकारको भिड छ । करण आफैले सार्वजनिक गरिदिएको भिडियोमा सबै कलाकार नसामा मस्त देखिन्छन ।

विशेषत: उनिहरुले पार्टीमा ड्रग्स सेवन गरेको दर्शकले लख काटिरहेका छ । भिडियोले पनि यहि बयान गर्छ । अभिनेता विक्की कौसल सर्वाधिक नसामा छन् । विक्कीको छेउमै रहेको सेतो बस्तुले उनिहरुले ड्रग्स नै सेवन गरेको प्रमाण पेस गर्छ । तर, उक्त बस्तु ड्रग्स थियो या अरु केहि ठम्याउन गाह्रो पर्छ ।

अहिले सोसल मिडियामा बलिउड कलाकारको भित्रि पार्टीको विरोध भैरहेको छ । भिडियोमा दीपिका पादुकोण, साहिद कपूर, रणवीर कपूर, विक्की कौसल, बरुण धवन, अर्जुन कपूर, मलाइका अरोराजस्ता ‘ए’ लिस्टेड कलाकारहरुको भिड छ । सबै जना ड्रग्सको नसामा रहेको उनिहरुको नसालु आँखाले बयान गर्छ ।

https://youtu.be/HbIWRxBUtK4

प्रतिक्रिया दिनुहोस्