विपिन अब ‘सेल्फी किङ’ बन्ने, कर्णाली प्रदेशको जुम्लामा छायाँकन



रंगखबर, काठमाडौँ – नेपालकै ‘मोस्ट भर्सटायल’ अभिनेता विपिन कार्की नयाँ फिल्ममा फाइनल भएका छन् । भर्खरै मात्र राष्ट्रिय अवार्ड जितेका विपिन, बिशाल सापकोटाले निर्देशन गर्ने ‘सेल्फी किङ’को लागि अनुबन्धित भएका हुन् ।

यस जर्नीस्टोरी विपिनकै वरिपरि घुम्ने छ । भदौ १० देखि कर्णाली प्रदेशको जुम्लामा छायाँकन हुने फिल्ममा दुई अभिनेत्री हुनेछन् । श्रोतले बताए अनुसार फिल्मको लागि स्वस्तिमा खड्का र लक्ष्मी वर्देवालाई अफर गरिएको छ । तर, फिल्ममा महिला पात्रको निक्कै छोटो भूमिका हुने बताइएको छ ।

स्वस्तिमा र लक्ष्मी, फिल्म ‘बुलबुल’मा मिल्ने साथिको रुपमा देखा परिसकेका छन् ।

निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले फिल्म निर्माण गर्नेछन् । विपिनसँग यी दुईले यसअघि ‘प्रसाद’मा सहकार्य गरेका थिए । गत वर्षको चर्चित फिल्म ‘प्रसाद’बाट विपिनले राष्ट्रिय अवार्ड जितेका थिए ।

पछिल्लो समय नाटकघरबाट फिल्ममा भित्रिने कलाकार मध्ये विपिन सर्वाधिक सफल अभिनेता हुन् । बहुमुखी भूमिकामा आफुलाई ढाल्न सक्ने विपिनको यस वर्ष ‘जात्रै जात्रा’ ब्लकबस्टर सावित भैसकेको छ ।

यसै वर्ष सम्पन्न तीन वर्षको राष्ट्रिय अवार्डमा विपिनले २०७३ अन्तर्गत ‘जात्रा’ र २०७५ अन्तर्गत ‘प्रसाद’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्