‘जाइरा’ ट्रेलर: लडाकु नम्रता र सिर्जनाको द्धन्द्ध



रंगखबर, काठमाडौँ – नम्रता श्रेष्ठ शिर्ष भूमिकामा अभिनित फिल्म ‘जाइरा’को ट्रेलर रिलिज गरिएको छ । आशुतोष राज श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरमा बदलाको कथा दर्साइएको छ ।

फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय छ । श्रीमानलाई दुस्मनले मारिदिए पछि नम्रताले मिक्स मार्सल आर्टको सहारामा उनिहरुसँग वदला लिन्छिन, ट्रेलरबाट फिल्मको कथाबस्तुबारे यहि अनुमान गर्न सकिन्छ ।

भदौ ६ गते रिलिज हुने यस फिल्मबाट निर्माण पक्षले ठुलो आशा बोकेको छ । अभिनेत्री नम्रतासँगै सम्पूर्ण टिम फिल्मको प्रचारमा लागिपरेको छ ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । फिल्ममा प्रनिता श्रेष्ठ र कारा श्रेष्ठको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्