वेव सिरिज ‘डियर लभ’को गीत रिलिज



रंगखबर, काठमाडौँ – प्रेमकथामा आधारित वेव सिरिज ‘डियर लभ’को गीत सार्वजनिक गरिएको छ । फिल्मी शैलीमा निर्माण गरिएको ‘बोलन केहि बोल’मा गायक कमल खत्री र निकिता थापाको स्वर छ ।

गायक खत्रीकै संगीत रहेको गीतमा मुख्य कलाकार बीचको प्रेम देखाइएको छ । विवेक रसाइलीको कथा/निर्देशन रहेको सिरिजमा दीप्सन भट्टराई, करीना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा छिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहरालगायतको अभिनय छ ।

रुवुषा क्रियटिभ वर्कसको प्रस्तुति निर्माण गरिएको ‘डियर लभ’मा रुकमान लिम्बुले लगानी गरेका छन् । रविन बोगटीको पटकथा/संवाद रहेको सिरिजमा रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्