ऋतिकको ‘सुपर ३०’लाई प्रश्न, १ सय २५ करोड खर्च कसरी निक्लियो ?



रंगखबर, काठमाडौँ – ऋतिक रोशन स्टारर फिल्म ‘सुपर ३०’लाई दर्शकले रुचाए । प्रदर्शनको करिब १ महिना पुग्नै लाग्दा फिल्मले घरेलु बक्सअफिसमा १ सय ४० करोड माथिको कमाई गरिसकेको छ ।

समिक्षकले पनि रुचाएको फिल्म बजेटका कारण विवादमा तानिएको छ । बलिउड बक्सअफिसको लेखाजोखा गर्ने अनलाइन पोर्टल कोइमोइ डटकमले यसको बजेटमा प्रश्न उठाएको छ । निर्माताले फिल्मको बजेट १ सय २५ करोड बताएका छन् ।

तर, कोइमोइ यो कुरा मान्न तयार छैन । उसले लेखेको छ ‘फिल्ममा १ सय २५ करोड कहाँनेर/कसरी खर्च भयो ? फिल्ममा हामि कुनै पनि त्यस्तो सेट र भिएफएक्स देख्दैनौँ, जहाँ १ सय २५ करोड खर्चिएको होस् ।’

कोइमोइले ‘सुपर ३०’को अनुमानित बजेट धेरैमा ७० करोड अनुमान गरेको छ । ‘ऋतिकको पारिश्रमिक अत्याधिक भए २० करोड । अनि प्रोडक्सन र प्रचार गरेर ५० करोड भन्दा माथि खर्च भएको विश्वास गर्नै सकिदैन । त्यसैमा फिल्ममा कुनै पनि त्यस्ता नाम चलेका स्टार छैनन् ।’ कोइमोइ लेख्छ ।

सानो बस्तिमा छायाँकन गरिएको फिल्मको यति ठुलो बजेट हुनै नसक्ने उसले लेखेको छ । कोइमोइले ७० करोड बजेट अनुमानमा फिल्मलाई सुपरहिट ट्याग दिएको थियो । तर, निर्माताले १ सय २५ करोड बजेट दावी गरेपछि ट्याग परिवर्तन गरेर ‘प्लस’ गराइएको छ ।

यदि फिल्म १ सय २५ करोडको बजेटमा निर्माण भएको हो भने अहिलेसम्म हिट भन्न मिल्दैन । उसले लगानी रिकभर गरेर केहि नाफा मात्र कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्