अनमोलको ‘कृ’ युट्युबमा रिलिज



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा सार्वजनिक भएको छ । बदलाको कथामा आधारित फिल्ममा अनमोलसँगै अनुपविक्रम शाही, अदिति बुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणालगायतका कलाकारको अभिनय छ । अदितिले यहिँ फिल्मबाट डेब्यु गरेकी थिइन् । डेब्यु पश्चात भने उनि गुमनाम जस्तै छिन् ।

हलमा रिलिज भएको झन्डै १७ महिना पछि युट्युबमा रिलिज भएको फिल्मले २०७४ मा सर्वाधिक चर्चा कमाएको थियो । यहाँसम्मकी अनमोललाई रुचाउने वर्गले माघ २६ लाई ‘कृ’ डे भन्दै उत्साहित बनेका थिए । तर, फिल्मलाई ठुलो लगानी उठाउन हम्मे परेको थियो । बिभिन्न राइट मार्फत निर्माताले लगानी रिकभर गरे पनि फिल्मले बक्सअफिसमा हिटको ट्याग पाउन सकेन ।

युट्युबमा सुरेन्द्र पौडेल निर्देशित फिल्मको व्यग्र प्रतिक्षा थियो । हाइलाइट्स नेपालले प्रिमियर गरेको फिल्मलाई लाइभ १५ हजारले हेरिरहेका छन् । भुवन केसी र सुवास गिरीले फिल्ममा लगानी भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्