‘मिसन मंगल’को रेकर्डमय ओपनिङ



रंगखबर, काठमाडौँ – सुपरस्टार अक्षय कुमार अभिनित फिल्म ‘मिसन मंगल’ले बक्सअफिसमा ठुलो ओपनिङ गरेको छ । विहिबार भारतीय स्वतन्त्रता दिवसको दिन रिलिज भएको फिल्म ट्रेडको अपेक्षा भन्दा खरो उत्रिएको छ ।

२३ देखि २५ करोडसम्म ट्रेडको ओपनिङ अनुमान थियो । तर, सुखद प्रतिक्रियाको कारण फिल्मले पहिलो दिन २९.१६ करोड कमाउन सफल भएको छ । बलिउड फिल्मको लागि ‘मिसन मंगल’को ओपनिङ वर्षकै दोस्रो ठुलो हो ।

 

यसअघि सलमान खान स्टारर ‘भारत’ले पहिलो दिन ४२.३० करोड कमाएको थियो । त्यस्तै ‘मिसन मंगल’ अक्षयको करिअरमा पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्मसमेत बनेको छ । गत वर्षको स्वतन्त्रता दिवसमा रिलिज भएको ‘गोल्ड’को ओपनिङ डे (२५.२५ करोड)को रेकर्ड तोड्दै ‘मिसन मंगल’द्वारा अक्षयलले यो सफलता हाँसिल गरेका हुन् ।

जोन अब्राहम स्टारर ‘बटला हाउस’सँगको प्रतिस्पर्धाको वावजुत २८ करोडको ओपनिङलाई बक्सअफिस ट्रेडले ठुलो सफलता भनेका छन् । उता ‘बटला हाउस’ले उत्कृष्ट समिक्षा हाँसिल गरिरहेको छ ।

‘बटला हाउस’को बक्सअफिस कलेक्सन अहिलेसम्म सार्वजनिक भैसकेको छैन । गत वर्ष पनि अक्षयको ‘गोल्ड’ र जोनको ‘सत्यमेव जयते’ स्वतन्त्रता दिवसको दिन आमने-सामने भएका थिए । जहाँ अक्षयले बाजी मारेका थिए ।

जगन शक्ति निर्देशित फिल्ममा अक्षयसँगै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कृति कुल्हारीजस्ता कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्