‘च च हुई’ पोस्टरमा आर्यनको कमेडी मूड



रंगखबर, काठमाडौँ – साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा लभरव्वाय आर्यन सिग्देल कमेडी मूडमा देखिएका छन् । रम-कम जनरामा भोलाराज सापकोटा, माओत्से गुरुङ र मिरुना मगर पनि अभिनय छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको फिल्म मंसीर ६ गते रिलिज हुनेछ । पुस्कर गुरुङ, बबिता मल्ल पनि अभिनय छ । तर, उनिहरुलाई पोस्टरमा स्थान दिइएको छैन ।

निर्देशक भुटियाकै सम्पादन रहेको फिल्ममा सुशन प्रजापतिको छायाँकन, सिजन दाहाल/सन्देश अर्यालको पटकथा/संवाद र राजनराज सिवाकोटी/सुरज शाही ठकुरी/रोशन थापाको संगीत छ ।

आर्यन अभिनित ‘हजार जुनीसम्म’ साउन ३० गते रिलिज भैसकेको छ । पछिल्लो समय आर्यनको करिअरमा हिट फिल्मको अभाव हुँदै गैरहेको छ । ‘हजार जुनीसम्म’ले त्यसमा राहत भर्ने आशा गरिएको थियो । तर, रिलिजको चौंथो दिनसम्म आइपुग्दा फिल्मले बक्सअफिसमा लय गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्