शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेललाई तत्कालका लागि पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले भदौ १५ को समयसिमा तोक्दै पक्राउ पुर्जीविरुद्द निर्णय गरेको हो ।

हेमा ओझाले शिल्पा र निर्माता छवि ओझाविरुद्द मुद्दा दायर गरेपछि जिल्ला अदालतले दुवैलाई पक्राउ गर्न आदेश दिएको थियो । बचाउका लागि निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पुगेकी शिल्पालाई उताबाट पनि न्याय भएन । त्यसपश्चात उनले सर्वोच्चको ढोका ढकढकाउन पुगेकी थिइन् ।

साउनमा २९ मा रिट दायर गरेकी शिल्पालाई आइतबार गरिएको निर्णयले केहि हदसम्म राहत भएको छ । शिल्पालाई सर्वोच्चले भदौ १५ मा अदालत उपस्थित हुन् भनेको छ ।

प्रतिक्रिया दिनुहोस्