वरिष्ठ निर्देशक किशोर रानाको निधन



रंगखबर, काठमाडौँ – वरिष्ठ निर्देशक किशोर रानाको बुधबार असामयिक  निधन भएको छ । ६४ वर्षका राना लामो समयदेखि मृगौला सम्वन्धि रोगबाट पिडित थिए ।

फिल्म ‘प्रतिबिम्ब’ निर्माणको समयमा मृगौलामा समस्या देखिए पछि भारत पुगेर २ पटक मृगौला डायलिसिस गराएका रानाको पछि गएर दुवै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्ष देखि डायलिसिस गराए पनि उनले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न सकेका थिएनन् ।

सन् २०१२ सालमा सुनसरीमा जन्मिएका रानाले फिल्म ‘राँको’बाट निर्देशनमा डेब्यु गरेका थिए । कर्जा, एक नम्बरको पाखे, सन्तानको माया, चक्र, घामछायाँ, सीमारेखा, मिस्टर मंगलेलगायतका फिल्म निर्देशन गरेका रानालाई २०७४ को राष्ट्रिय दिर्घ सामना सम्मान दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्