‘जाइरा’लाई लाखेको स्वागत, महिला स्पोर्ट ड्रामाप्रति नम्रताको आशा



रंगखबर, काठमाडौँ – भदौ ६ गते रिलिज हुने फिल्म ‘जाइरा’ विशेषत: नम्रता श्रेष्ठ र नव-अभिनेत्री श्रृजना रेग्मीको कारण चर्चामा छ । ट्रेलरमा दुवै मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएका छन् ।

निर्देशक आशुतोषराज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रताले शिर्ष भूमिका निर्वाह गरेकी छन् । भने, श्रृजनाले ‘बुलेट’ नामक भूमिकामा छिन । रिङ भित्र दुई जनाको रोचक फाइट हेर्न पाउने ट्रेलरले संकेत गरिसकेको छ । नम्रता कथाको हिरो हुन् भने श्रृजना भिलेन ।

रिलिज मितिको मुखमा निर्माण पक्ष मोफसल टूरमा व्यस्त छ । पश्चिमहुँदै पुर्व हानिएको ‘जाइरा’ टिमलाई इटहरीमा लाखेले स्वागत गरे । त्यहाँका स्थानीय युवाले लाखे जुलुस निकालेर टिमलाई प्रचारमा सहयोग गरे ।

फिल्मबाट नम्रता निक्कै आशावादी देखिएकी छन् । ‘नेपालमा प्राय जोखिम नमोलिने स्पोर्ट ड्रामा त्यसैमा पनि महिला प्रधान’ नम्रताले आशा व्यक्त गरिन ‘जाइराले केहि हदसम्म यस्ता इतिहास चिर्नेछ ।’

ट्रेलरबाट दर्शकमा नोटिस भएका अर्का कलाकार हुन्, प्रमोद अग्रहरी । मोफसलका प्रेसमिटमा थुप्रै संचारकर्मीले प्रमोदको भूमिका र अवतारको बारेमा सोधेका थिए । प्रमोदले यसबारेमा जानकारी लिन भदौ ६ गते हलमै पुग्नुपर्ने बताई दिए । फिल्ममा नेगेटिभ भूमिका भएकाले आफुलाई ग्ल्यामर रुपमा देख्न सकिने उनले जानकारी दिए ।

पोखरा, चितवन, धरान र इटहरीमा पुगेको ‘जाइरा’ टिम छिट्टै नै राजधानी फिर्ने बताइएको छ । बदलाको कथामा नम्रता, प्रमोद, श्रृजनासँगै अनुपविक्रम शाही, सम्राट मगर, सुजिता श्रेष्ठलगायतका कलाकारको अभिनय छ । प्रनिता श्रेष्ठले निर्माण गरेको फिल्ममा प्रसन्न गोपालीको कार्यकारी निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्