ट्रेलर: मुर्ति चोरीको कथामा ‘पासवर्ड’



रंगखबर, काठमाडौँ – अपराधिक कथामा निर्मित एक्सन फिल्म ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । सम्राट बस्नेत निर्देशित फिल्मले नेपाली मन्दिरबाट चोरिएको मुर्ति फिर्ता गर्दाको संघर्ष बोल्छ ।

नेपाल र लण्डनमा खिचिएको फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

निर्माण पक्षले फिल्ममा बलिउड अभिनेत्री सन्नी लियोनीको पन अभिनय रहेको बताएको छ । तर, ट्रेलरमा उनलाई गीत बाहेक अन्य दृश्यमा अटाइएको छैन ।

एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अमित बस्नेत र हिराल जोशीको निर्माण छ । अन्क्ति गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के.आर थापाको सह-लगानी छ । फिल्म भदौ २७ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्