‘मारुनी’ गीत: रेविकालाई पुष्पको प्रेम झटारो



रंगखबर, काठमाडौँ – नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’को नयाँ गीत सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको शब्द, संगीत र स्वर रहेको ‘हाने मैले झटारो’ गीत मिठो बनेको छ ।

गीतमा पुष्प खड्का र रेविका गुरुङ फिचरिङ छन् । तीज लक्षित गर्ने गीतमा अन्जु पन्तको स्वर र पुरुषोत्तम ढुंगेलको शब्द सिर्जना पनि छ । तर, विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफीले गीतलाई न्याय गर्न सकेको छैन । रोमान्टिक बिटमा सहज देखिए पनि डान्सिङ बिटमा कोरियोग्राफीले धित मार्दैन ।

त्रिकोणात्मक प्रेमकथामा पुष्प र रेविकासँगै साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि मुख्य भूमिका छ । अघिल्ला गीत भन्दा यस गीतले फिल्मको हाइप निर्माणमा सहयोग पुर्याउन सक्छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्म भदौ १३ गते रिलिज हुँदैछ । यहिँ मितिमा आउने बलिउडको ‘साहो’ले ‘मारुनी’लाई चपेटामा पार्ने डर छ । अब हेर्न बाँकी छ, बलिउडको बलियो फिल्मसँग भिड्दा ‘मारुनी’ले कस्तो नतिजा पस्किने छ ?

प्रतिक्रिया दिनुहोस्