‘प्रेमगीत ३’को शिर्ष गीतमा प्रताप र प्रविशाको आवाज



रंगखबर, काठमाडौँ – आसुसेन फिल्मसले निर्माण गर्ने ‘प्रेमगीत’को तेस्रो सिरिजको लागि शिर्ष गीत रेकर्ड गराइएको छ । रेडियो नेपालको ठुलो स्टुडियोमा ८० जना बाद्यबाधक र कलाकार मिलेर गीत तयार गरेका हुन् ।

सामुहिक आवाजको लागि कलकार शिवश्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेन स्टुडियो पुगेका थिए ।  आकेष्ट्रासहितको गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेश कुमारको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत संयोजन छ ।

निर्माण अगावै चर्चामा रहेको फिल्म दशैँ लगतै छायाँकनमा जानेछ । २ सय वर्ष पुरानो कथामा निर्माण हुने भनिएको फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोष सेन मिलेर निर्देशन गर्नेछन् ।

चै २८ गते रिलिज डेट तोकिएको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, कृष्टिना गुरुङ, मनिष राउत, अनुभव रेग्मी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, सन्तोष सेन, पुस्कर कार्की, समृद्धी शाही ठकुरीलगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्