सुगम, तृष्णा र वर्षाको युरोपमा सांगीतिक यात्रा



रंगखबर, काठमाडौँ – सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

मंगलबार राजधानीमा एक प्रेसमिटको माध्यम कार्यक्रमको बारेमा जानकारी दिइयो । पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ सांगीतिक कार्यक्रम आगामी आगामी असोज २७ देखी २०७६ कार्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

टूरमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र अभिनेत्री वर्षा राउत सहभागी हुनेछन । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउनु संस्थाको उद्येश्य बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्