‘चपली हाइट ३’ निर्देशकको खण्डन, ‘स्वस्तिमा फाइनल भएकी छैनन्’



रंगखबर, काठमाडौँ – मंगलबार केहि संचारमाध्यममा फिल्म ‘चपली हाइट ३’को मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएको समाचार सम्प्रेषण भए । तर, निर्देशक निकेश खड्काले उक्त समाचारको खण्डन गर्दै पूर्ण नभएको बताएका छन् ।

स्वस्तिमालाई फिल्मको अफर गरिएको र दुवै पक्षबाट अन्तिम निर्णय नभएको निर्देशक खड्काले बताएका छन् । ‘हामीले स्वस्तिमालाई स्क्रिप्ट पढ्न दिएका थियौँ । उहाँले स्क्रिप्ट एकदमै मन परेको जानकारी गराउनु भएको छ । अन्य केहि अभिनेत्रीलाई पनि स्क्रिप्ट दिएका कारण अहिले कुनै पनि अभिनेत्री फाइनल भैसक्नु भएको छैन ।’ उनले भने ।

अर्जुन कुमारले निर्माण गर्ने फिल्ममा यसअघि सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि फाइनल भएको बताइएको थियो । तर, समय नमिलेका कारण सौगात र सृष्टि फिल्मको लाइनअपबाट बाहिरिसकेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको लागि अहिलेसम्म प्रतिक श्रेष्ठ र आमिर गौतम मात्र फाइनल छन् ।

प्रतिक्रिया दिनुहोस्