फिल्म ‘जीवन काँडा की फुल’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा की फुल’ माथि आधारित फिल्मको ट्रेलर रिलिज गरिएको छ । मदन पुरस्कार विजेता कृतिमा झमकले आफ्नो जीवनका आरोह – अवरोहका कथाहरु लेखेकी थिइन् ।

अपाङ्गहुँदा झमकले बाल्यकालमा पाएका दु:ख, पिडा र संघर्षका दृश्य १ मिनेट २७ सेकेण्ड लामो ट्रेलरमा हाइलाइट गरिएको छ । तर, विनोद विष्ट निर्मित/निर्देशित फिल्मको ट्रेलरमा झमकका जीवनका सफलताका किस्साहरु समेटिएको छैन ।

फिल्ममा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निर्वाह गरेकी छन् । भने, युवा अवस्थामा रोजिता बुद्दचार्यले अभिनय पस्केकी छन् । यस्तै झमककी बहिनिको भूमिकामा सारिका घिमिरे छन् ।

उमा गिरीलागायत ३० भन्दा बढी कलाकारले अभिनय गरेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद छ । फिल्मको कार्तिक २२ गतेदेखि सार्वजनिक प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्