ऋतिक र टाइगरसँग ‘काले दाई’ भिड्न तयार



रंगखबर, काठमाडौँ – असोज १५ गते नेपाली बक्सअफिसमा बलिउड फिल्म ‘वार’ रिलिज हुँदैछ । सम्भवत: यहि मितिमा टलीउडको ‘साइरा नरसिम्हा रेड्डी’ पनि रिलिज हुनेछ । दुई ठुला वेदेशी फिल्मको डरले नेपाली फिल्मले असोज १७ मा आउने आँट जुटाउन सकिरहेका छैनन् ।

प्राय: जसो फूलपातीमा फिल्म रिलिज गर्ने दीपक-दीपा पनि यसपटक दशैँ पछाडी हल पस्दैछन् । खालि हुने पक्का जस्तै हुने भएको असोज १७ डेटमा एक नेपाली फिल्मले आउने हिम्मत जुटाएको छ । शिव शर्माले निर्देशन गरेको फिल्म ‘काले दाई’ले यहि मितिमा आउने पक्का गर्दै फर्स्टलूक पोस्टर सार्वजनिक गरेको छ ।

समशेर गुरुङ र इन्द्र रामजालीले निर्माण गरेको ‘काले दाई’मा  इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतको अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा इन्द्र रामजाली/किशन अर्यालको कथा, पवन गौतमको छायाँकन, कुमार महर्जनको द्वन्द्द र तारा थापा (किम्भे)को सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्