‘द स्काई इज पिङ्क’ ट्रेलर: प्रियंकाको कमब्याक, जायराको अन्तिम फिल्म



रंगखबर, काठमाडौँ – देसी गर्ल प्रियंका चोपडाले ३ वर्ष पछि बलिउड फिल्ममा कमब्याक गरेकी छन् । उनि अभिनित बलिउड फिल्म ‘द स्काई इज पिङ्क’को ट्रेलर आउट भएको छ । सन् २०१६ को ‘जय गंगाजल’ पछि प्रियंका (पीसी) बलिउड फर्केकी हुन् ।

सोनाली बोस निर्देशित फिल्ममा प्रियंका र अभिनेता फरहान अख्तर पति-पत्नीको भूमिकामा देखा परेका छन् । यी दुई सन् २०१५ को ‘दिल धड़कने दो’ पछिल्लो पटक जोडीको रुपमा प्रस्तुत भएका थिए ।

युवा लेखक आयशा चौधरीको जीवनमा आधारित फिल्ममा जायरा वसिमले मुख्य भूमिका निर्वाह गरेकी छन् । आफ्नो जीवनको अन्तिम फिल्ममा जायराले आयशाको भूमिका निर्वाह गरेकी छिन् । १८ वर्षीय जायराले बलिउड फिल्मबाट सन्यास घोषणा गरिसकेकी छन् ।

यस फ्यामिली ड्रामामा इमोसन र रोमान्सले भरिएको छ । ११ अक्टुबर (असोज २४) गते रिलिज हुने फिल्म सप्टेम्बर १३ मा टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदैछ ।

को हुन् आयशा चौधरी ?

फिल्ममा आयशा चौधरीको सत्य कथा वाचन गरिएको छ । उनि युवा लेखक तथा प्रेरक वक्ता थिइन् । उनले ‘My Little Epiphanies’ नामक किताब लेखेकी थिइन् । जुन किताव प्रकाशित भएको एक दिनपछि आयशाको निधन भएको थियो ।

आयशाको जन्म २७ मार्च १९९६ मा भएको थियो । तर, गम्भीर रोग पल्मनरी फाइबरोसिस लडिरहेकी आयशाले १८ वर्षको उमेरमै संसारबाट विदा लिनुपर्यो । जन्म वितिकै आयशा इम्युन डेफिसेंसी डिसअर्डरबाट गुज्रेकी थिइन् । ६ महिना पछि आयशाले बोम मैरो ट्रान्सप्लान्टसँग लड्नु पर्यो । ट्रान्सप्लान्टको साइड एफेक्टले गर्दा उनलाई फोक्सो सम्वन्धि रोग ‘pulmonary fibrosis’ले ग्रसित तुल्यायो ।

प्रतिक्रिया दिनुहोस्