रातो टिका र जमरामा फिल्मको पोस्टर



रंगखबर, काठमाडौँ – अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । असोज १० गते रिलिज हुने फिल्मको पोस्टर दशैँको टिका र जमराको रङ्गले पोतिएको छ ।

पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई हाइलाइट गरिएको छ । भने, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि पोस्टरमा स्थान दिइएको छ ।

शुक्रबार फिल्मको शिर्ष गीत गरिदैछ । नेपाली फिल्मी संगीतमा माइलस्टोन स्थापित गरिसकेको ‘रातो टिका निधारमा’ गीतलाई रिमेक गरिएको छ । साम्राज्ञी र अंकित फिचरिङ गीत दर्शकको प्रतिक्षामा छ । ‘अल्लारे’ फिल्मको ओर्जिनल गीतमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।

किरण शर्मा र कृति शर्माले लगानी गरेको फिल्मलाई ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्