अक्षयको ‘मिसन मंगल’ २ सय करोड क्लबमा, दशक लाग्यो माइलस्टोन पुरा गर्न



रंगखबर, काठमाडौँ – अक्षय कुमारले पहिलो पटक भारतीय बक्सअफिसको २ सय करोड क्लबमा इन्ट्री मारेका छन् । अक्षय स्टारर ‘मिसन मंगल’ले प्रदर्शनको २९ औँ दिनमा यो माइलस्टोन पार गरेको हो ।

२०१६ यता लगातार सय करोड क्लबका फिल्म दिइरहेका अक्षयले २ सय करोडको माइलस्टोन पार गर्न सकेका थिएनन् । यो क्लबमा पहिलो पटक सन् २००९ मा आमिर खानको ‘थ्री इडिइट्स’ले इन्ट्री गरेको थियो । त्यसयता, शाहरुख खान, सलमान खान, रनबिर कपूर, रणवीर सिंह, साहिद कपूर, विक्की कौसल, प्रभास, ऋतिक रोशन, अजय देवगण जस्ता कलाकारका फिल्मले २ सय करोड भन्दा माथिको व्यापार गरिसकेका छन् । तर, अक्षयलाई यो क्लबमा इन्ट्री हुन् झन्डै १० वर्ष लाग्यो ।

‘मिसन मंगल’ अक्षयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ । साथै, सय करोड भन्दा माथिको व्यापार गर्ने अक्षयको यो १२ औँ फिल्म हो । यो रेसमा अक्षय भन्दा अगाडी सलमान खान छन् । सलमानका १४ फिल्मले सय करोड माथिको व्यापार गरेका छन् ।

यस्तै अजय देवगणका १०, शाहरुख खानका ७, आमिर खानका ६, रणवीर सिंह र ऋतिक रोशनका समान ५/५ फिल्मले सय करोड माथिको व्यापार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्