‘छ माया छपक्कै’ ट्रेलर: राजनीतिक पृष्ठभुमिमा दीपक र केकी प्रेमकथा



रंगखबर, काठमाडौँ – दीपक-दीपाको प्रस्तुति ‘छ माया छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । निर्माणले टिमले राजधानीमा आकस्मिक प्रेसमिट भन्दै पत्रकार बोलाएर फिल्मको ट्रेलर रिलिज गर्यो । प्रेसमिटमा फिल्मका कुरा कम, बजारमा चलिरहेको राजनीतिक चिन्तनको बारेमा बहस भयो ।

दीपेन्द्र लामाले निर्देशन गरेको ‘छ माया छपक्कै’ले राजनीतिको बीचमा हुर्किएको प्रेमलाई देखाएको छ । अभिनेत्री केकी अधिकारीको प्रेम रहेका दीपकराज गिरी राजनीतिक नेता बनेका छन् । साथै, केकीको बुबा फरक पार्टीका राजनितिज्ञको भूमिकामा छन् ।

फिल्ममा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारलाई कमेडीमा प्रस्तुत गरिएको छ । दीपक-दीपाका यसअघिका फिल्म भन्दा ‘छ माया छपक्कै’मा न्यून हाँस्यरस प्रयोग गरिएको छ ।

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको व्यानरमा निर्मित फिल्ममा रोहित अधिकारीले लगानी गरेका छन् । असोज २४ गते रिलिज हुने फिल्ममा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्