‘कबड्डी ३’ बक्सअफिस: शनिबार २१.०८ प्रतिशत बढ्यो, जान्नुस कमायो कति ?



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राखेको छ । वितरक कम्पनि ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार फिल्मले दोस्रो दिन १ करोड ७८ लाखको व्यापार गर्यो ।

सिंगल डे कलेक्सनमा नेपाली फिल्मको यो नै सर्वाधिक ठुलो अंक हो । रामबाबु गुरुङ निर्देशित फिल्मको टोटल कलेक्सन ३ करोड २५ लाख पुगेको छ । शुक्रबार फिल्मले १ करोड ४७ लाख ग्रस बटुलेको थियो । शुक्रबारको तुलनामा शनिबारको कलेक्सन २१.०८ प्रतिशतले बढेको छ ।

फिल्मले पहिलो दिनको व्यापारमा राजधानीबाट ८० र मोफसलबाट ६७ लाख कलेक्सन गरेको थियो । भने, शनिबारको कुल अंकमा राजधानीबाट ९२ र मोफसलबाट ८६ लाखको हिस्सा छ ।

बलियो वर्ड अफ माउथ र सर्वाधिक शोज/हल संख्याका कारण फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यस कमेडी फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राईलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्