‘पोइ पर्यो काले’मा प्रेमको कमब्याक



रंगखबर, काठमाडौँ – बाल गायक प्रेम परियारले पुरुष पार्श्वगायनमा डेब्यु गर्ने भएका छन् । किशोरअवस्थाले आवाज परिवर्तन हुने थालेपछि प्रेमले गायनमा ब्रेक लिएका थिए ।

कार्तिक ८ गते रिलिज हुने ‘पोइ पर्यो काले’को एक गीत मार्फत प्रेमले गायनमा कमब्याक र पुरुष पार्श्वगायनमा डेब्यु गर्न लागेका हुन् । भाइरल व्वायको रुपमा ‘नाइँ नभन्नु ल २’मा गायनको मौका पाएका प्रेमले आफुलाई स्थापित गरेका थिए ।

केहि गीतमा स्वर रेकर्ड गराएका प्रेमले ब्रेकमा पढाईमा ध्यान केन्द्रित गरे । ‘कमब्याकमा पहिले जस्तै दर्शक/श्रोताको माया पाउँछु भन्ने आशा छ ।’ प्रेमले भने ।

फिल्मको ‘मायाले मलाई’ बोलको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र रघु परियारको शब्द लेखन छ । प्रेमको स्वर रेकर्ड उक्त गीतमा सौगात मल्ल र पूजा शर्मालाई फिचरिङ गरिनेछ ।

शिशिर राणा निर्देशित फिल्ममा सौगात र पूजासँगै आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्