पोस्टरमा सुहाएको दीपकराज र केकीको केमेस्ट्री



रंगखबर, काठमाडौँ – दीपक-दीपाको समुहले निर्माण गरेको ‘छ माया छपक्कै’ यो सालको प्रतिक्षित मध्येको एक फिल्म हो । यो समुहले निर्माण गरेका अघिल्ला ५ फिल्म सुपरहिट भएका कारण पनि ‘छ माया छपक्कै’ले बक्सअफिसमा अर्थ राख्नेछ ।

रिलिज नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको पोस्टर दर्शक माझ छोडेको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाल मात्र फिचरिङ छन् । अघिल्ला फिल्ममा जस्तै यहाँ कलाकारको जन्ति राखिएको छैन ।

पोस्टरमा दीपकराज र केकीको जोडी सुहाएको छ । जितु र केदारको कमिकले दर्शकलाई मनोरंजन दिने आशा गरिएको छ ।

दीपेन्द्र लामा निर्देशित फिल्मले राजनीति भित्र हुर्किएको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्ममा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको पनि अभिनय छ ।

असोज २४ गते रिलिज हुने फिल्ममा रोहित अधिकारीले लगानी गरेका छन् । रिलिज अगाडी कन्ट्रोभर्सीमा तानिएको फिल्मले बक्सअफिसमा कस्तो प्रदर्शन गर्छ ? पर्ख र हेरको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्