हलमा साम-अंकको ‘रातो टिका निधारमा’



रंगखबर, काठमाडौँ – शुक्रबारबाट नेपाली फिल्म ‘रातो टिका निधारमा’ सार्वजनिक प्रदर्शनमा आएको छ । वैदेशिक रोजगारविरुद्दको कथामा निर्मित फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

रिलिज अगाडीको हाइपलाई हेरेर देशभरका मल्टीप्लेक्समा फिल्मले राम्रो शोज पाएको छ । त्यसैले बक्सअफिसमा फिल्मले सकारात्मक नजिता दिने आशा गरिएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

किरण शर्मा र कृति शर्माले लगानी गरेको फिल्मलाई ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण गरिएको हो

‘कबड्डी ३’ दोस्रो सातामा 

पहिलो साता ब्लकबस्टर व्यापार गरेको ‘कबड्डी ३’ सफलताको दोस्रो सातामा प्रवेश गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म दोस्रो सातामा पनि दर्शकको पहिलो रोजाईमा पर्नेछ ।

फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा ७ करोड ३८ लाखको व्यापार गरेको थियो । २ करोडको बजेटमा निर्माण भएको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्