एलिशाको कामुक ‘जवानी’मा फिदा आर्यन !



रंगखबर, काठमाडौँ – आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक गरिएको छ । पहिलो गीत स्वरुप मुस्ताङको पठारमा लोकलयको भाका सार्वजनिक गरेको टिम ‘जवानी’ मार्फत शहर पसेको छ ।

एनएफडिसीको हलमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतमा एलिशा शर्माले कामुक नृत्य पस्केकी छन् । रोशन थापाले संगीत भरेको गीतमा आर्यन पनि फिचरिङ छन् । साम्तेन भुटिया र विनय सापकोटाका शब्दले गीतमा कामुकता फैलाएका छन् । शिशिर खातीको कोरियोग्राफीमा एलिशा मज्जैले भिजेकी छन् । गीतमा संगीतकार रोशन र सुमन गुरुङको स्वर छ ।

साम्तेन भुटियाले निर्देशन गरेको ‘च च हुई’मा आर्यनसँगै मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । निर्देशक भुटियाकै सम्पादन रहेको फिल्म मंसीर ६ गतेबाट देशव्यापी रिलिज हुँदैछ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको फिल्ममा सिजन दाहाल र संदेश अर्यालको पटकथा, शुशन प्रजापतिको छायाँकन र श्री श्रेष्ठको द्वन्द छ । रोमान्टिक कमेडी फिल्ममा शिशिर खातीको कोरियोग्राफी, राजनराज सिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्