महाशिवरात्रीमा विराजको ‘साङ्लो’, चार फिल्मको प्रतिस्पर्धा पक्का



रंगखबर, काठमाडौँ – एक्सन स्टार विराज भट्ट र पुर्व मिस नेपाल निकिता चाण्डक स्टारर फिल्म ‘साङ्लो’को नयाँ रिलिज मिति तय गरिएको छ । अब फिल्म महाशिवरात्रीको अवसर परेर फागुन ९ मा रिलिज हुनेछ ।

फिल्मको रिलिज मितिसँगै पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । विराज आफैले पहिलो पटक निर्देशन गरेको फिल्म फागुन ९ मा एकल हुने छैन । यहाँ यसअघि नै लप्पन छप्पन २’, ‘आमा’ र ‘दयारानी’ले रिलिज पक्का गरिसकेका छन् । ‘साङ्लो’ले कार्तिक १५ को मितिलाई स्थगित गरेर फागुन ९ मा पुगेको हो ।

किड्नी तस्करीको कथामा निर्माण भएको फिल्ममा प्रकाश शाह, कामेश्वर चौरसिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

विराज स्वयम्को निर्माण रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, शिवम अधिकारीको कथा,  सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्