बादशाह जुट ट्रेलर: सुशील र आमिरको एक्सन, कमेडी



रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ र आमिर गौतम स्टारर फिल्म ‘बादशाह जुट’को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा यी दुई अभिनेतालाई हाइलाइट गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको भूमिकामा सुशील र आमिर छन् ।

जोनी सिंह रानाले निर्देशन गरेको फिल्मको ट्रेलरमा एक्सन र कमेडीको समिश्रण छ । फिल्ममा सुशीलले पत्रकार र आमिरले एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा अभिषेक शशी कुमारको लेखन, उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

कार्तिक १५ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्