निगमले ‘छड्के २’ बनाउने, कस्तो बन्ला असफल फिल्मको सिक्वेल ?



रंगखबर, काठमाडौँ – पछिल्लो समय सिक्वेल र सिरिज निर्माण गर्ने फेसन नेपाली फिल्म उद्योगमा मौलाएको छ । चाहे त्यो हिट फिल्मको होस् या फ्लप । सिक्वेलको नाममा फिल्म बनाउदै आधा-आधी प्रचार र बक्सअफिसको लाभ उठाउन अहिले फिल्म मेकरको प्रतिस्पर्धा नै चलेको छ ।

यस्तै बम्पर इनिसियल गरेर पनि फ्लप भएको फिल्म ‘छड्के’को सिक्वेल निर्माण घोषणा गरिएको छ । निगम श्रेष्ठले अब ‘छड्के २’ बनाउने छन् । यो यस्तो फिल्म हो, जसले प्रदर्शन पुर्व ठुलो हाइप बनायो । फलस्वरुप दुई दिनसम्म हलमा दर्शकको भिड लाग्यो । तर, जब फिल्मको वर्ड अफ माउथ कमजोर आयो, फिल्मलाई साता भर टिक्न हम्मे पर्यो ।

आगामी दशैँ (२०७७)लाई रिलिज तोकिएको फिल्मका लागि अहिलेसम्म कलाकार फाइनल गरिएको छैन । प्रेसमिट मार्फत कलाकार सार्वजनिक गर्ने मूडमा छ, निर्माण पक्ष । नेगेटिभ बुद्ध र रस ताण्डवले निर्माण गर्ने फिल्मको बारेमा पूर्ण जानकारी बाहिरिएको छैन ।

यसको प्रिक्वेलमा गात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, रविन तामाङ, विपिन कार्की, अर्पण थापा, कामेश्वर चौरसिया जस्ता लोकप्रिय कलाकारको अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस्